२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
भेरी र नलगाड नगरपालिकामा अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न
भेरी र नलगाड नगरपालिकामा अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न
  • न्युज डेस्क

जाजरकोट । भेरी नगरपालिका र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य परीक्षणका लागि विशेष अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न भएको छ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न उक्त शिविर स्थानीय समुदायका लागि निकै लाभदायक बनेको छ।

शिविर समुदायिक संलग्नता बाल स्पोन्सरसिप परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। भेरी र नलगाड नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा आइ.एन.एफ साइनिंग हस्पिटल, बीरेन्द्रनगर सुर्खेत तथा एन.एन.यस.डब्लु, कञ्चनपुर ले प्रविधिक सहयोग प्रदान गरेका थिए।

६ स्थानमा सञ्चालन, २५० भन्दा बढीले सेवा लिए

शिविर भेरी नगरपालिकाको स्याउली, कुदु र जिल्ला अस्पताल तथा नलगाड नगरपालिकाको टल्लुबगर, भारगाउँ र दल्ली मा सञ्चालन गरिएको थियो। यी शिविरहरू मार्फत २५० जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरे।

शिविरमा ७० जना सेवाग्राहीलाई सहायक सामग्री वितरण गरियो साथै २० जना सेवाग्राहीलाई अपाङ्गता प्रमाणपत्र (अपाङ्गता कार्ड) का लागि सिफारिस गरिएको कार्यक्रम संयोजक बीरेन्द्र कुमार थारुले जानकारी दिनुभयो।

सहयोगी संस्थाहरूको प्रतिवद्धता

शिविरको आयोजना गर्ने संस्थाहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। पाँचतारा युवा संरक्षक मञ्चका प्रतिनिधि अनुसार, “अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवा र सुविधाको पहुँच सुनिश्चित गराउन यस्ता शिविर महत्त्वपूर्ण छन्।”

शिविरबाट लाभान्वित भएका सेवाग्राहीहरूले यस्ता प्रकारका कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्। आयोजक संस्थाहरूले स्थानीय तहसँग समन्वय गरी आगामी दिनहरूमा थप प्रभावकारी सेवा प्रदान गरिने बताएका छन्।

२०५३ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा विधिवत रुपमा दर्ता भएको पाँचतारा युवा संरक्षक मञ्चले विगत २८ बर्ष देखि कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटका युवा, समाजसेवी, स्वयंसेवकहरुले दुरदराज तथा ग्रामीण बस्तीहरुमा रहेका समुदायको समुन्नत एवं दिगो विकासका लागि सामाजिक परिचालन, भौतिक पूवाधार निमार्ण, विपद् जोखिम व्यवस्थापन, कृषि, पशु पालन, बाल संरक्षण, महिला विकास, स्वास्थ्य तथा सरसफाई सामाजिक रुपान्तरण, शैक्षिकस्तरमा बृद्धि गरी समाजलाई दिगो रुपमा सकारात्मक परिवर्तन गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

 

 

  • २७ फाल्गुन २०८१, मंगलवार प्रकाशित
  • Nabintech