२३ बैशाख बर्दिया । बर्दिया प्रहरीले करिब २२ किलो अफिम सहित २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चक्रडम्मर पालका अनुसारप्रहरी चौकी चेपाङबाट खटिएको टोलीले बाँसगढी नगरपालिका– १ चेपाङमा सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको थियो।पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका– ११ आरपासीका २७ वर्षीय कुमार वाइबा छन्।
जाजरकोटबाट नेपालगन्जतर्फ आउँदै गरेको शाहीले चलाएको लु ८० प १४६७ नम्बरको मोटरसाइकल पछाडि सवार बाइवाले बोकेको झोला जाँच गर्ने क्रममा २१ केजी ५७६ ग्राम अफिम फेला परेको डिएपी पालले जानकारी दिनु भयो ।