१२ माघ रुकुम पश्चिम । रूकुम पश्चिममा आफनै घरमा प्रेमि प्रमिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला परेका हुन ।त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनु भयो ।सपना...
११ माघ बाँके । बाँकेमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको हो । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो ।उहाका अनुसार अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही...
११ माघ काठमाडौं । परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित...
१० माघ कैलाली । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गर्दा गम्भिर घाइते भएका छन। बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएको बताइएको छ । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी उमेशराज जोशीले...
९ माघ बाँके । बाँकेमा टाउको नभएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । वन्यजन्तुको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका–८, ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान मृत्यु भएको बताइएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने...
९ माघ सल्यान । सल्यान कपुरकोटमा एउटा ग्रिनेड बम फेला परेको छ।कपुरकोट गाउँपालिका – ४ किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको हो ।झाडी सरसफाइमा गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार बेलुकीपख ग्रिनेड फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको थियो। भौगोलिक रूपमा दाङसँग...
८ माघ रूकुम पश्चिम । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब ६ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख...
७ माघ बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न...
६ माघ काठमान्डौ । अन्तत वामदेव गौतम नेकपा एमालेमै रहने भएका छन । उनका पछि लागेकाहरु भने नेकपा माओवादीमा जाने भएको बताइएको छ ।आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने गौतमको भनाई छ । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने...
६ माघ विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति एंव नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर...