९ माघ बाँके । बाँकेमा टाउको नभएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
वन्यजन्तुको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका–८, ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान मृत्यु भएको बताइएको छ ।
शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ ।मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने बताइएको छ ।