२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
सल्यानमा ग्रिनेड बम फेला
सल्यानमा ग्रिनेड बम फेला
  • न्युज डेस्क

९ माघ सल्यान । सल्यान कपुरकोटमा एउटा ग्रिनेड बम फेला परेको छ।कपुरकोट गाउँपालिका – ४ किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको हो ।झाडी सरसफाइमा गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार बेलुकीपख ग्रिनेड फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको थियो। भौगोलिक रूपमा दाङसँग सिमाना जोडिएको कपुरकोटको दुरी टाढा भएका कारण आर्मीले मंगलबार नभ्याउने भएपछि बुधबार मात्रै त्यो डिस्पोज गरिने भएको छ।

  • ९ माघ २०८१, बुधबार प्रकाशित
  • Nabintech