९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
रुकुम पश्चिमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
रुकुम पश्चिमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
  • न्युज डेस्क

८ माघ रूकुम पश्चिम । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।

यस वर्ष यहाँबाट करिब ६ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख आम्दानी गरेका छन् । दशवटा वडा रहेको त्रिवेणीमा एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल १९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार ६०० क्विन्टल अर्थात् १५.६ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार ८०० भन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका छन् ।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित
  • Nabintech