६ माघ काठमान्डौ । अन्तत वामदेव गौतम नेकपा एमालेमै रहने भएका छन । उनका पछि लागेकाहरु भने नेकपा माओवादीमा जाने भएको बताइएको छ ।आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने गौतमको भनाई छ ।
आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताउनु भएको हो ।