१ माघ काठमान्डौ । आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर माघे संक्रान्ति भनिन्छ ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । थारू समुदायले...
२९ पुस काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि...
२८ पुस बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका७ कालिगौडी निवासी ४० वर्षिय पदमकला थापाको मृत्यु भएको जानकारी दिएको छ । स्थानिय ठाकुरबाबा नगरपालिका ६ स्थित वकुवा सामुदायिक वनमा आइतवार बाख्रा चराउन गएको बेला दिउसो १ वजेतिर बाघले आक्रमण गरेको थियो । आवाज आएपछि स्थानिय वासीको खोजीकार्य...
२८ पुस काठमान्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनु भएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएकालामिछाने विरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनु भएको हो ।
२७ पुस काभ्रे । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठूला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताउनु भएको छ ।काभ्रेमा माओवादी केन्द्र महाभारत गाउँपालिकाको दोस्रो अधिवेशनको आज देबीटारमा उदघाटन गर्दै पुनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, गिरिबन्धु टी स्टेटजस्ता अनियमितता र राज्य दोहनका घटना छानबिन...
२६ पुस काठमान्डौ । रवि लामिछानेलाई धरौटिमा रिहा आदेश गर्ने न्यायाधिश विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको बताइएको छ । युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको...
२६ पुस रोल्पा । रोल्पामा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।रोल्पाको माडी गाउँपालिका १ पेँदिखोलादेखि सुन्तला बोकेर दाङको तुलसीपुर जादै गरेको रा १ च ८६८७ नम्बरको पिकअप त्रिवेणी ४ मथुरापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक माडी १ भितावाङ घर भएका २० वर्षीय हुकुमबहादुर घर्तीको...
२६ पुस बर्दिया । बर्दिया र बाँकेबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका ४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।यसै गरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालपुरबाट लागूऔषधसहित...
२६ पुस काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।विविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष...
२५ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । यस अघि प्रहरीले कास्की बाट रिहा भएलगत्तै पक्राउ गरी...