१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार
ओलीलाई वर्षमानले दिए चुनौति
ओलीलाई वर्षमानले दिए चुनौति
  • न्युज डेस्क

२७ पुस काभ्रे । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठूला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताउनु भएको छ ।काभ्रेमा माओवादी केन्द्र महाभारत गाउँपालिकाको दोस्रो अधिवेशनको आज देबीटारमा उदघाटन गर्दै पुनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, गिरिबन्धु टी स्टेटजस्ता अनियमितता र राज्य दोहनका घटना छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव गर्नु भएको हो ।

लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र कोही पनि प्रश्नभन्दा माथि हुन नसक्ने भन्दै पुनले प्रधानमन्त्री केपी ओली आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नबारे छानबिनका लागि तयार हुनुपर्ने उहाँको भनाई थियो ।

  • २७ पुष २०८१, शनिबार प्रकाशित
  • Nabintech