२५ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । यस अघि प्रहरीले कास्की बाट रिहा भएलगत्तै पक्राउ गरी काठमान्डौ लैजाने तयारी गरेको थियो ।काठमान्डौ अदालतमा रवि आफै उपस्थित हुने बताइएको छ ।