१६ असोज कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई जीबी को एक कम्पनीको...
१५ असोज काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट सरकारलाई लल्कारेका छन् । उनले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे । अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको,...
१५ असोज काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । तिघ्रामा गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको...
१५ असोज काठमाडौं । सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।उनका अनुसार, आगामी तीन दिन आज भोली र पर्सि राष्ट्रिय झन्डा...
१५ असोज कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी...
१४ असोज जाजरकोट । रोल्पाका एक व्यक्तिको गाडीको सिटमा बसिरहेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्डीगढी गाउँपालिका ५, का पूर्णबहादुर घर्ती रहेको बताइएको छ । जाजरकोटको छेडागाड नगरपालिकाको थलह भन्ने ठाउँबाट घरतर्फ जाँदै गरेका उनको जाजरकोट–छिन्छु सडक खण्ड अन्तर्गत सल्यानको धारापानीमा मृत्यु भएको हो ।गाडीमा सवार अन्य यात्रुका अनुसार उनी जाजरकोटमा...
१४ असोज काठमाडौं । सरकारले विपद्मा परी बेपत्ता भएका व्यक्ति १० दिनभित्र फेला नपरे परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बिहान बसेको बैठकबाट गएको असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार बेपत्ता व्यक्तिका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरिएको हो ।विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत...
१४ असोज काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो ।बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको...
१४ असोज काठमाडौं । अदालतको अवहेलना ठहर भएका सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् । फेसबुकमार्फत पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जनाएका छन् ।उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई...
१३ असोज काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप ११ जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ११ जनाको शव निकालिएको जानकारी दिनु भयो । यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको...