९ असोज बाँके । बाँके प्रहरीले हुण्डि कारोबारमा संलग्न रहेका २ जनालाई पक्राउ सार्वजनिक गरेको छ । नेपालगंज उप(महानगर पालिका वडा नं ४ गणेशपुर स्थित मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रूपैया नौ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी गर्दा निजको घरबाट नेपाली सात लाख दस हजार दुई सय पचपन्न र भारतिय रुपैया उनान्साठी हजार पाँच...
९ असोज कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताउनु भएको छ । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अवैध बाटोबाट आयात हुने समान रोक्न व्यवसायी एकमत हुनुपर्ने बताउनु भएको हो । नेपाली व्यवसायीहरूले चाडबाडका...
८ असोज बर्दिया । पुर्वमन्त्री माथि सांघातिक आक्रमणको प्रयास भएको छ । बर्दियाको गुलरियामा संघिय सांसद अव्दुल खान माथी आक्रमणको प्रयास भएको बर्दिया प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालका अनुसार गएराती स्थानिय केहि युवाहरु र सांसद खानका स्वकिय सचिव सहित केहि कार्यकर्तामाथी कुटपिट भएको बताउनु भयो । उहाका अनुसार...
७ असोज सुर्खेत । प्रदेश अस्पताल सुर्खेत यतिखेर तनावग्रस्त बनेको छ । उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरालाई कार्वाहिको माग गर्दै अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन । सुर्खेत वीरेन्द्रनगर ६ निवासी १९ वर्षीया शर्मिला कुमालको आईतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो ।सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा...
७ असोज कैलाली । कैलाली प्रहरीले गएको करिब एक वर्ष पहिले हत्याको टुगो लगाएको छ । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । २९ कात्तिक २०८० मा एक युवतीको को धनगढी उपमहानगरपालिका–५...
६ असोज बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । ला लागू औषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो ।जिल्लामा हाल करिब १० हजार लागू औषध प्रयोगकर्ता रहेको लागु औषध उपचार तथा पुनः स्थापना केन्द्र महासंघका संयोजक रमेशकाजी महर्जनले बताउनु भयो । । जिल्लामा रहेका १० हजार...
६ असोज बाँके । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री...
५ असोज काठमाडौं । संसदीय छानबिन समिति गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफैंले करिब २४ करोडको छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ ।लामिछानेले आफू निर्दोष रहेको भन्दै गितेन्द्रबाबु राई जीबी राईलाई दोषी थुपारिरहेका बेला लामिछानेले नै चेक काटेको तथ्याङ्क बाहिर आएको...
५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनु भएको छ ।शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने कुरामा...
१५ असोज काठमाडौं । यस वर्षको बडादसैंको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो । समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ । त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।