३ असोज काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा...
३ असोज काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र...
३ असोज काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आएको छ । अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् । त्यसक्रममा उपप्रधानमन्त्री...
२ असोज बाँके । बाँके संग सिमा जोडिएको भारतको रुपैडिहामा आधा किलो चरेस सहित एक जना महिला पक्राउ परेको बताइएको छ । भारतीय सुरक्षाकर्मीले खानतलासी गर्दा पाँच सय ग्राम चरेससहित रोल्पा थबाङ गाउँपालिका वडा नम्बर ३ मिरुल निवासी सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाली नाका सहजै पार गरी भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनलाई पक्राउ...
२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो । बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले...
२ असोज, बर्दिया । बर्दियामा मंगलबार राती एक जना महिलाको घरमै हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा गएराति १२ बजेर ३० मिटेमा ३९ वर्षीया मीना थारुको धारिलो हतियार प्रया्ेग गरी गम्भिर घाइते अवस्थामा उद्धारगरी बारबर्दिया नगर अस्पतालमा लगिएको थियो उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी...
१ असोज बाँके । एक महिनाको अवधिमा बाँके प्रहरीले ५१ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको जनाएको छ । भदौ एक गतेदेखि भदौ मसान्तसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको हो ।एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ६३ वटा मुद्दा दर्ता भएकोमा ६२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको र २४ वटा पेन्डिङ मुद्दाहरू फर्छ्यौट गरिएको जिप्रका...
१ असोज सल्यान । सल्यानमा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र सोही ठाउँकी ५२ वर्षीया लाली रावतको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार साहुको जिल्ला अस्पताल सल्यान खलंगामा राति दश बजे र रावतको दाङ घोराहीस्थित...
१ असोज काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ । आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा भ्रष्टाचारका कुल उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सरदर १५ प्रतिशत छन् ।आयोगले राष्ट्रपति समक्ष पेस गरेको आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक प्रतिवेदनमा...
३१ भदौ काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्...