१९ मंसीर बाँके । दुर्लभ वन्यजन्तु नीलगाई मारेको आरोपमा बाँकेमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका – ६ का ५२ वर्षीय सुरेशशमसेर राणा र ७७ वर्षीय लालबहादुर थारु छन्।मंसिर १६ गते चोरी सिकारी गरी नीलगाई मारेको सूचना महिमानपुर सब डिभिजन कार्यालयका वन अधिकृत रामगणेश साहले आफुलाई जानकारी पाएको बताउनु भएको छ ।राणा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सोही वडाको वडाध्यक्षका प्रत्यासी थिए।थारु पनि कांग्रेसका स्थानीय नेता हुन्।सुचना पाएपछि सुरक्षाकर्मीसहितको टोली खोजीको लागि खटिएको थियो ।
पक्राउ परेकाहरु माथि म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ। नील गाईको चोरी सिकारी कार्यमा दुई जना मात्रै पक्राउ परेपनि अरुपनि संलग्न रहेको वन अधिकारीहरुको भनाई रहेको छ ।