१८ मंसिर बाँके । बाँकेका कन्स्ट्रक्सन र सप्लायर्स सहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन ।
बाँकेका २ कन्स्ट्रक्सन र ३ सप्लायर्स कम्पनी कालोसूचिमा परेका छन् ।सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एक देखि दुई वर्षको लागि कालोसूचीमा राखेको हो ।नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौंको सिफारिसमा कोहलपुरका – १० का श्री के।आर। कन्स्ट्रक्सनलाई २ वर्ष कालोसूचीमा राखिएको छ ।
यस्तै श्री बराहताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कुनाथरी, सुर्खेतको सिफारिसमा बाँकेको जानकी गाउँपालिका ४ को श्री हार्दिक कन्स्ट्रक्सनलाई १ वर्ष, भेरी अस्पताल, नेपालगञ्जको सिफारिसमा नेपालगन्जको जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, नेपालगन्ज १० को रिना ट्रेडर्स एण्ड जनरल सप्लायर्स र बाँकेको डुडुवा गाउँपालिका १ को सविना जनस्ल एण्ड अर्डर सप्लायर्सलाई १र१ वर्ष कालोसूचीमा राखिएको छ।