२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार
पेट्रोलको मूल्य बढदा , डिजेल र मट्टीतेलको घट्यो
पेट्रोलको मूल्य बढदा , डिजेल र मट्टीतेलको घट्यो
  • न्युज डेस्क

३० मंसीर काठमाडौं । पेट्रोलको मुल्य बढेको छ भने डिजेल र मट्टीतेलको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित
  • Nabintech