२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार
कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी
कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी
  • paschimpatra

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा कार्यपालिका बैठक माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको छ ।
पटक पटक बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका -१० का वडाध्यक्ष दलबहादुर रानाले बताउनु भयो ।

आफूहरुले राखेका ६ बुँदे मागसहित कार्यपालिका बैठक नबसेसम्मका लागि अनिश्चतकालका लागि तालाबन्दी गरिएकाे वडाध्यक्ष वीरबहादुर चन्दले बताउनु भयो ।

प्रशासकीय भवनमा ताला लगाएसँगै नगरपालिकाका सम्पूर्ण काम  प्रभावित भए सँगै सेवाग्राहीलाई सास्ती भएको छ ।

  • १६ पुष २०८१, मंगलवार प्रकाशित
  • Nabintech