१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार
पछिल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
पछिल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
  • न्युज डेस्क

९ पुस काठमाडौं । देशका केही स्थानमा सोमबार हिजो रातिदेखि बदली आकाशमा बादल, वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा मंगलबार बिहान ९ बजेसम्ममा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा वर्षा भएको उनले बताइन् ।

यो अवधिमा डडेलधुराको साहुखर्कमा सबैभन्दा बढी १५.६ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै डडेलधुरा वर्षा मापन केन्द्रमा ८.२, चौरबन्दलेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ । डोटीका केही स्थानमा पनि वर्षा भएको छ । डोटीको गैरामा ६.८, दिपायलमा ५.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।बैतडीमा ३.८, हुम्लामा २.२, कञ्चनपुरमा १ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । उक्त पानी पार्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै छ । त्यसले विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् ।

  • ९ पुष २०८१, मंगलवार प्रकाशित
  • Nabintech