१३ भाद्र बाँके । बाँकेमा भएको वस दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक...
१३ भदौ काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानेको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । पार्टीको पदाधिकारी चयनको नतिजा भने बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले रामकुमारी...
१३ भदौ दैलेख । दैलेखमा चट्याङ लागेर २ वर्षिय बालकको मृत्यु भएको छ भने बालककी हजुर आमा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन्। यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो।कमलाको...
२ भदौ काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरू मध्ये ५० जना व्यक्तिसँग गरिएको सोधपुछ गरिएको अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा सात दिनमा तयार पार्ने समिति सभापति सूर्य थापाले...
१२ भदौ रोल्पा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका(४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मर बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले ती किशोरीलाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१२ भदौ काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ।सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले...
१२ भदौ काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...
जाजरकोट । एक सय ५५ बर्ष पुरानो इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच यो वर्ष पनि जाजरकोटमा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष जनै पुर्णिमा देखि श्रीकृष्ण जन्माष्टमिको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे नाच मंगलबार सकिएको छ । गठेमङ्गल पर्व मनाउँदै शुरु भएको यो नाच कृष्णाष्टमीको भोलीपल्ट मंगलबार कंसलाई मारेर समापन गरिएको हो । बोकालाई कंस मानेर बलि दिएपछि...
११ भदौ बर्दिया । नेपाल इन्जिनिएर्स एसोशिएसनको तेस्रो लुम्बिनी प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरुले प्रचार प्रसार कार्यलाई तिव्र पारेका छन । प्रचार प्रसार कार्यलाई तिव्र पार्नेक्रममा प्रगतिशील समुहका उम्मेदवारहरुले विभिन्न जिल्लामा गएर इन्जिनिएर्सका समस्या पहिचान गर्ने र त्यसको समाधानका लागी के गर्न सकिन्छ भन्ने विषलाई पनि...
११ भदौ सल्यान । चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् । सल्यान प्रहरीका सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे...