३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बाँकेमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु , २४ घाइते
बाँकेमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु , २४ घाइते
  • न्युज डेस्क

१३ भाद्र बाँके ।     बाँकेमा भएको वस दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ ।

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसाल , दाङ घोराहीका ३० वर्षीय विमल राईको को मृत्यु भएको उहाँले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले  बताए।

बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • १३ भाद्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech