७ भदौ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको...
७ भदौ तनहुँ । भारतीय पर्यटक बोकेको बस आज बिहान मर्स्याङ्दी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो । प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १८ जनाको शव फेल परेको छ । १७ जनाको जीवितै उद्धार...
७ भदौ काठमाडौं । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सातजनाको मृत्यु भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो । थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार, थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा साउन २७ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिरी नगराउँदा समस्या उत्पन्न भएको छ । मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो...
७ भदौ काठमान्डौ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज बोलाएको छ । लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि सिंहदरबारस्थित संसद सचिवालयमा राखिएको समिति बैठकमा डाकिएको छ । लामिछाने यसअघि गोरखा मिडिया नेटवर्क प्रालिको...
६ भदौ काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध २–१ को जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे ।१८ यार्ड बक्सभित्र नेपालका रक्षकले...
६ भदौ काठमान्डौं । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको...
६ भदौ दाङ । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुईजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एकजनाले बम फालेर भाग्दै...
६ भदौ जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि...
दीपक शर्मा ५ भदौ बाँके । बाँकेमा दुइ वटा समुहका गुन्डाको लडाइका कारण एक महिलाले सास्ती खेप्नु परेको छ । आफ्ना पति सुलभ मल्ललाई खुकुरी प्रहार गर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका २ का वडाध्यक्ष ज्ञानेन्द्र वलीलाई रिहा गरे आफूले ज्यान दिने मल्लकी पत्नीले चेतावनी दिएकी छन् ।वडाध्यक्ष वली बाँकेको विनौनाका युवा स्यान्डी भनिने समीर विष्ट र सुलभ मल्ललाई भदौ १ गते...