३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
दुई गुन्डाको लडाइमा महिलाको बिलौना
दुई गुन्डाको लडाइमा महिलाको बिलौना
  • न्युज डेस्क

दीपक शर्मा
५ भदौ बाँके । बाँकेमा दुइ वटा समुहका गुन्डाको लडाइका कारण एक महिलाले सास्ती खेप्नु परेको छ । आफ्ना पति सुलभ मल्ललाई खुकुरी प्रहार गर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका २ का वडाध्यक्ष ज्ञानेन्द्र वलीलाई रिहा गरे आफूले ज्यान दिने मल्लकी पत्नीले चेतावनी दिएकी छन् ।वडाध्यक्ष वली बाँकेको विनौनाका युवा स्यान्डी भनिने समीर विष्ट र सुलभ मल्ललाई भदौ १ गते राति खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेका थिए । उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । घाइते दुवै तरुण दल निकट हुन् ।बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइते बिष्टकी श्रीमतीले आफ्नो श्रीमानलाई खुकुरी प्रहार गर्ने व्यक्ति धरौटीमा छुटे आफूहरुको समेत ज्यान खतरामा पर्ने बताइन् । वलीले गाउँमा वडाध्यक्ष पदको दुरुपयोग गरेर ठूलो आतंक मच्चाएको बताउँदै उनले राजनीतिक पहुँचमा वडाध्यक्षलाई बाहिर आउने वातावरण बनाए आफूहरुले ज्यान दिने चेतावनी दिइन् ।वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । डीएसपी धर्मबहादुर भण्डारीका अनुसार ज्यान मार्ने उद्योगमा उनको मुद्दा दर्ता भएको छ ।वडाध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ । घाइते विष्ट र मल्ल भने बाँकेमा चर्चित गुण्डा नाइके भएर जेलमा रहेका रिगल ढकालको समूहमा आवद्ध छन् ।

  • ५ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech