३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
  • न्युज डेस्क

६ भदौ काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध २–१ को जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे ।१८ यार्ड बक्सभित्र नेपालका रक्षकले इस्लाममाथि नै फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । जसमा इस्लामले कुनै गल्ती गरेनन् ।यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा नेपाल जितसहित समूह विजेता बनेको हो । नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ

  • ६ भाद्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech