३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
तनहुँ बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु १२ जना बेपत्ता
तनहुँ बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु १२ जना बेपत्ता
  • न्युज डेस्क

७ भदौ तनहुँ । भारतीय पर्यटक बोकेको बस आज बिहान मर्स्याङ्दी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १८ जनाको शव फेल परेको छ । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।बस दुर्घटनामा परेलगत्तै नेपाली सेनाको हेलिकोप्टरले मेडिकल टिम लिएर त्यसतर्फ गएको छ । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । अहिले पनि उद्धार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही गोताखोर पनि परिचालन गरिएको छ । दुर्घटना कसरी भयो भन्ने बारेमा अझै केही खुलेको छैन ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech