जाजरकोट । जाजरकोटमा यू-१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू-१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ...
जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पिडितहरुका लागि निर्माण गरिएका २ सय वटा अस्थायि आवासहरु स्थानीय सरकार लाई हस्तान्तरन गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सय वटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरन गरिएको छ । कारितास अष्ट्रेलिया,...
जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको छ । सहयोगी हातहरुको समुह (सहास नेपाल) अन्तर्गत पाइला परियोजनाको सहयोगमा पालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको हो । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको शिवालय गाउँपालिकामा जलवायू परिवर्तन न्युनीकरणका लागि विभिन्न खालका कार्यक्रमहरु सञ्चालन भईरहेका...
काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो । जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ । नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड...
काठमाडौँ। केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको...
जाजरकाेट । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको...
जाजरकोट । भेरी नगरपालिकाले भूकम्पपछि सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गरेको हो । भूकम्पपछि नगरपालिका भित्र योगदान पुर्याउने कर्णाली आवाज सहित...
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सरकारी/सार्वजनिक जग्गा र बन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारि गर्दे त्यसरी बनेका अवैध संरचना हटाउनका लागि सम्वन्धित व्यक्तीलाई ३५ दिनको समय दिएको छ । सो समय भित्र पनि नहटाएमा स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानूनले दिएको अधिकार प्रयोेग गरि उक्त घर...
काठमाडौं । सरकारले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘कात्तिक १७ गते जाजरकोटलाई...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको...