१६ साउन बर्दिया । बर्दियामा एक दम्पतीले खोलाबाट दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता भएकी छिन भने उनका श्रीमान गम्भिर घाइते भएका छन । श्रीमान् र श्रीमती आज दिउसो दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी...
१६ साउन जाजरकोट । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिम भएपछि जाजरकोटका १२ परिवारका ६५ जना सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरलो भागबाट पहिरो खस्ने जोखिम बढेकाले...
१६ साउन,बर्दिया । बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा, जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं ६ बस्ने बर्ष अन्दाजी ३५ को शिवलाल सुनार र दमौली बस्ने बर्ष अन्दाजी २० को मनिष शाह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको साथ बाट लागु औषध समेत फेला परेको छ । बढैयाताल गाउँपालिका वडा नं ३ भोलागौडी चोक एरियामा गस्ती गर्दै जाने क्रममा डाँफे...
रुकुम पश्चिम । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २७ वर्षीय तिलकराज गिरी 'ह्याप्पी', ३७ वर्षका शिखर भण्डारी र २३ वर्षे रोमन गोसाइले १३ वर्षीया बालिकालाई हिजो साँझ सात बजेतिर चौरजहारीकै एक होटलमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी...
१६ साउन भारत । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ ।यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको...
१५ साउन जाजरकोट । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत थप उपचारका लागी सुर्खेत पठाइएको छ।जाजरकोटको कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो । बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रदेश पठाइएको प्रमुख जिल्ला अधिकारी...
१५ साउन नयाँ दिल्ली । भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला...
१५ साउन काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो । अध्यक्ष पदलाई लिएर अहिले विभिन्न चलचित्रकर्मीले राजनीतिक भेटघाट बढाएका छन् । विशेष गरेर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा...
१५ साउन रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका १० का ३० वर्षीय युवा दीपक वली करिब ८० लाख रुपैयाँ खर्चिएर गत वर्षमात्रै स्थलमार्गबाट अमेरिका पुगे । करिब ८० लाख रुपैयाँ तिरेर दुई दर्जनभन्दा बढी देशको स्थलमार्ग छिचोल्दै अमेरिका छिरेका उनी त्यहाँ रोजगारीमा पनि लागिसकेका थिए । अमेरिका सपना पछ्याउँदै ३ वर्षअघि घर छाडेका दीपकले सन् २०२३ जुलाईमा त्यहाँको भूमि टेकेका...
१५ साउन पाकिस्तान । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बीचको भूमि विवादको द्वन्द्वमा कम्तीमा ४२ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन । पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा...