४ चैत्र २०८१, मंगलवार
४ चैत्र २०८१, मंगलवार
यो महिना हलमा लाग्दैछन् यी नेपाली फिल्म
यो महिना हलमा लाग्दैछन् यी नेपाली फिल्म
  • न्युज डेस्क

५ भदौ काठमान्डौ । आउने शुक्रबारदेखि दुईवटा नेपाली फिल्म रिलिज हुँदैछन्।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ र रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’ प्रदर्शनमा आउन लागेका हुन्।यी दुवै फिल्म अलग छन्। सतीदेवी मा छोराको रहरमा जन्मिएका छोरीहरूको कथालाई देखाइएको छ। यसमा मलिका महतले शीर्ष भूमिका निर्वाह गरेकी छन्।

साथमा हर्षिका ओली, मञ्जिला बानिया बाल कलाकार, सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा लगायतको अभिनय छ।त्यस्तै नमेटिने घाउ विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथामा बनेको फिल्म हो।यसको शीर्ष भूमिकामा अधिकांश नयाँ कलाकार छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले यसमा अतिथि भूमिकामा अभिनय गरेका छन्।भदौ १४ मा मिलन चाम्सको निर्देशन रहेको वर एण्ड वधु रिलिज हुँदैछ।रोमान्टिक–ड्रामा जनरामा राखिएको यो फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्य शीर्ष भूमिकामा छन्। साथमा गरिमा शर्मा, विजु पार्की, विजय लामा, किरण केसी लगायतको समेत अभिनय छ।भदौ २१ गते तीजको अवसर पारेर एकैदिन दुईवटा फिल्म रिलिज हुनेछन्। यो मितिमा सुदर्शन थापाको निर्देशन रहेको रावायण र संजोग राई निर्देशित देवी हलमा लाग्दैछन्।एक्सनप्रधान फिल्म रावायण मा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन्।महिनाको अन्तिम शुक्रबार मीनबहादुर भामको निर्देशन रहेको फिल्म शाम्बाला रिलिज हुँदैछ। थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रा गरेपछि नेपालमा प्रदर्शनमा आउन लागेको यस फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, कार्म लगायतले अभिनय गरेका छन्।

  • ५ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech