२१ बैशाख २०८३, सोमबार
२१ बैशाख २०८३, सोमबार
नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर
नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर
  • न्युज डेस्क

२० बैशाख कैलाली । प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा उनकै पार्टीका सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको पुष्टि भएको छ ।कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको छ । ऐलानी जग्गामा निर्माण गरिएको उनको घरको नक्सापास पनि छैन ।

प्रधानमन्त्री शाहले नक्सापास र लालपूर्जा नभएको संरचनामा कारबाही गरिरहँदा उनी निकट रहेका उनकै पार्टीका सांसद खनालको घर पनि नक्सापास विना बनेको खुलेको हो ।केपी खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्छन् । अहिले पनि उनीहरू भारतमै छन् । बुबाआमाले भारतमा कमाएको पैसाले कैलालीको लम्कीमा घर बनाएको केपी खनालका स्वकीय सचिव हर्क पुनले बताए । तर घरको पुर्जा नभएको उनको पनि भनाइ छ ।‘उहाँको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबा–आमाले आफ्नै लगानीमा बनाउनु भएको हो, ’ उनले भने ।कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले निर्वाचनकै समयमा आफूलाई सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवार भन्दै चिनाउँदै आएका थिए । लालपूर्जा नभएको सुकुम्बासीको छोरो उम्मेदवार भएको भन्दै मतदातालाई बताइरहेका थिए ।

  • २० बैशाख २०८३, आईतवार प्रकाशित
  • Nabintech