२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
अवैध लागूऔषध ब्राउनसुगरसहित बाँकेबाट दुई जना पक्राउ
अवैध लागूऔषध ब्राउनसुगरसहित बाँकेबाट दुई जना पक्राउ
  • न्युज डेस्क

२१ बैशाख बाँके । अवैध लागूऔषध ब्राउनसुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ५ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ६८ ग्राम ८ सय १० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बहराईज रुपैडिया बाबागंज पुरानी बजार घर भएका ३२ वर्षिय मोहमद हामीद समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ४० बिएच ४७०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

  • २१ बैशाख २०८३, सोमबार प्रकाशित
  • Nabintech