२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
रोल्पामा चल्ने जिपका हुट हटाउदै ट्राफिक प्रहरी
रोल्पामा चल्ने जिपका हुट हटाउदै ट्राफिक प्रहरी
  • न्युज डेस्क

२० बैशाख रोल्पा । रोल्पामा पछिल्लो पटक सार्वजनिक सवारी साधनका छत हटाउने कार्य तिव्र पारिएको छ । दुर्घटना बढने भएका कारण यो उपाए अपनाउन लागीएको प्रहरीको भनाई छ ।केहिदिन पहिले रोल्पाको थवाङमा २० जनाको मृत्यु हुने गरी जिप दुर्घटना भएपछि ट्राफिक चेकजाँच कडा बनाइएको जनाइएको छ ।क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति रोक्नका लागि चेकजाँचमा कडाइ गरिएको हो।पहाडको साँघुरो, भिरालो र कच्ची बाटोमा ओभरलोड गरेर सवारी चलाउनु ठूलो जोखिम भएको प्रहरीको निष्कर्ष छ। दुर्घटनामा मानवीय त्रुटि, बाटोको अवस्था र यान्त्रिक समस्या जस्ता कारणहरू पनि हुन सक्ने जनाइएको छ।

थवाङ दुर्घटनापछि रुकुम सिस्ने हिमाल यातायात प्रालिले बैशाख १९ गतेदेखि आफ्नो मातहतमा सञ्चालन हुने सबै जिपका हुट हटाउन निर्देशन दिएको छ। साथै, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने निर्णय पनि गरिएको छ।प्रहरी निरीक्षक न्यौपानेका अनुसार एकै दिन १२ वटा जिपका हुट हटाइएको छ। तीमध्ये ६ वटा बाटोमै फेला पारेर हटाइएको थियो भने थप ६ वटा कार्यालयमा ल्याएर कारबाहीस्वरूप हटाइएको थियो।पहाडी क्षेत्रमा जिप यातायातको प्रमुख साधन भए पनि ओभरलोड र जोखिमपूर्ण यात्रा गर्दा यस्ता दुर्घटनाहरू दोहोरिने गरेका छन्। सोही कारण ब्लुबुकभन्दा बढी राखिएका सिट हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

  • २० बैशाख २०८३, आईतवार प्रकाशित
  • Nabintech