३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
इन्जिनिएर्स एसोशिएसनको निर्वाचन , मतदातालाई भेटदै प्रगतिशिल समुह
इन्जिनिएर्स एसोशिएसनको निर्वाचन , मतदातालाई भेटदै प्रगतिशिल समुह
  • दीपककुमार शर्मा

११ भदौ बर्दिया । नेपाल इन्जिनिएर्स एसोशिएसनको तेस्रो लुम्बिनी प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरुले प्रचार प्रसार कार्यलाई तिव्र पारेका छन ।
प्रचार प्रसार कार्यलाई तिव्र पार्नेक्रममा प्रगतिशील समुहका उम्मेदवारहरुले विभिन्न जिल्लामा गएर इन्जिनिएर्सका समस्या पहिचान गर्ने र त्यसको समाधानका लागी के गर्न सकिन्छ भन्ने विषलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेको नेपाल इन्जिनिएर्स एसोशिएसन लुम्बिनी प्रदेश केन्द्रिय सदस्यका उम्मेदवार बलराम पौडेलले बताउनु भयो । निर्वाचनको तयारी स्वरुप प्रचार प्रसार गर्न तथा आफना एजेन्डाहरु पनि मतदाताहरु सम्म पुरयाउनका लागी प्रदेशका १२ वटै जिल्लामा प्रचार प्रसारलाई तिव्रता दिइएको लुम्बिनी प्रदेश सभापति पदका उम्मेवार जयलाल मरासिनीले बताउनु भयो ।

यसै विच बर्दियामा जिल्लाबाट एक जना मात्रै प्रदेश केन्द्रिय सदस्य पदका उम्मेदवार रहनु भएका बलराम पौडेलले आफुले निर्वाचन जित्ने मात्र नभई प्रदेश र केन्द्रमा पनि प्रगतिशील समुहकै उम्मेदवारहरुले निर्वाचन जित्ने दावी गर्नु भयो ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech