३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
प्रधानमन्त्री ओली र शेरबहादुर देउवा विरुद्ध नाराबाजी गर्ने २ जना पक्राउ
प्रधानमन्त्री ओली र शेरबहादुर देउवा विरुद्ध नाराबाजी गर्ने २ जना पक्राउ
  • न्युज डेस्क

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

१२ भदौ काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं परिसरका एसपी नवराज अधिकारीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जानकारी दिए।सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।

गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको नाम लिएर नाराबाजी गरेका थिए।नाराबाजीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech