३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
चट्याङ लागेर दैलेखमा २ वर्षिय बालकको मृत्यु , हजुरआमा घाइते
चट्याङ लागेर दैलेखमा २ वर्षिय बालकको मृत्यु , हजुरआमा घाइते
  • न्युज डेस्क

१३ भदौ दैलेख । दैलेखमा चट्याङ लागेर २ वर्षिय बालकको मृत्यु भएको छ भने बालककी हजुर आमा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन्।

यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो।कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनी स्वास्थ्य स्वयंसेविका पनि हुन्। दैलेख चट्याङ धेरै पर्ने जिल्लामा पर्दछ ।

  • १३ भाद्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech