३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
एक सय ५५ बर्ष पुरानो इतिहास बोकेको लाखे नाच जाजरकोटमा मनाइयो (फाेटाे फिचर)
एक सय ५५ बर्ष पुरानो इतिहास बोकेको लाखे नाच जाजरकोटमा मनाइयो (फाेटाे फिचर)
  • पवन शर्मा

जाजरकोट । एक सय ५५ बर्ष पुरानो इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच यो वर्ष पनि जाजरकोटमा धुमधामका साथ मनाइएको छ ।

हरेक वर्ष जनै पुर्णिमा देखि श्रीकृष्ण जन्माष्टमिको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे नाच मंगलबार सकिएको छ । गठेमङ्गल पर्व मनाउँदै शुरु भएको यो नाच कृष्णाष्टमीको भोलीपल्ट मंगलबार कंसलाई मारेर समापन गरिएको हो । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ ।
जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए ।

भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले एक सय ५५ वर्षअघि शुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय महेन्द्र भडेलले बताए ।

उनले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच शुरु हुने बताए । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलङ्गामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ ।

नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ ।

द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलङ्गा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको पुराना बुढापाकाको भनाइ छ ।

लाखे नाच हेर्न सोमबार गाउँ–गाउँबाट सर्वसाधारण सदरमुकाममा पुगेका थिए । ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech