१३ असोज काठमान्डौ । धादिङ जिल्लाको झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट हाल सम्म १७ जनाको शव निकालिएको छ।लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना र थप ३ जनाको शव गरी हालसम्म जम्मा १७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव हाल घटनास्थलमा राखिएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश...
१२ असोज काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिवार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार...
१२ असोज काठमाडौं । निरन्तरको वर्षाका कारण काठमान्डौ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ , निम्तिएको विपद्का घटनाका कारण काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार दिउँसोसम्म काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् । यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन्...
१२ असोज बर्दिया । क्रन्तिकारी कम्यूष्टि पार्टी नेपालले प्रचार प्रसारलाई तिव्रता दिएको छ ।यही ०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार गर्दै बर्दिया जिल्लामा मोटरसाईकिल र्याली सम्पन्न गरेको छ । जिल्लाको बाँसगढीबाट शुरु गरिएको र्यालीले बारबर्दियाको बैदि चोक,ठाकुरवावा नपाको भूरिगाउँ,ठाकुरद्वारा,राजापुर नपाको...
१२ असोज काठमान्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्।
११ असोज काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका...
११ असोज काठमाडौं । बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टकोे अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् । यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत...
११ असोज बर्दिया । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट सहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । मनसुन फेरि सक्रिय भयो साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा...
१० असोज कैलाली । कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका(३ मा बाजुरा होटल संचालक ४१ वर्षीया मनमति ऐडि रावत छन्। कैलालीको गौरिगंगा नगरपालिका ८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिनु...
१० असोज काठमाडौं । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ४३० नाघेको छ ।देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका...