२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु
सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु
  • न्युज डेस्क

१० असोज काठमाडौं । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ४३० नाघेको छ ।देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।

गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता सङ्गठन डक्टर्स विदाउट बोर्डर्स ९एमएसएफ० ले रिपोर्ट गरेको छ।सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech