२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
सहकारीको रकम ठग मेयर भारतमा समातिए
सहकारीको रकम ठग मेयर भारतमा समातिए
  • न्युज डेस्क

११ असोज काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए ।

नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए । गत माघमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो ।

  • ११ आश्विन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech