२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बर्दियामा र्‍याली, कोण सभा
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बर्दियामा र्‍याली, कोण सभा
  • न्युज डेस्क

१२ असोज बर्दिया । क्रन्तिकारी कम्यूष्टि पार्टी नेपालले प्रचार प्रसारलाई तिव्रता दिएको छ ।यही ०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार गर्दै बर्दिया जिल्लामा मोटरसाईकिल र्‍याली सम्पन्न गरेको छ ।
जिल्लाको बाँसगढीबाट शुरु गरिएको र्‍यालीले बारबर्दियाको बैदि चोक,ठाकुरवावा नपाको भूरिगाउँ,ठाकुरद्वारा,राजापुर नपाको राजापुर बजार,मानपुरटपरा,मधुवनको कुसुुम्वाबजार,गुलरियाको राधाकृष्ण चोक र बढैयाताको मैनापोरखरमा कोणसभा पनि सम्पन्न गरेको छ ।उक्त कोणसभालाई विभिन्न नेताहरुले सम्वोधन गरेका थिए ।पार्टीका ६ नम्वर ब्यूरो संयोजक दीपक शाही,सचिवालय सदस्य बालकृष्ण ओली,महाधिवेशन सदस्य दिलबहादुर कडायत,विपिन रोकाय,गुणनीधी आचार्य,हरि न्यौपाने लगायतले पनि सम्वोधन गर्नु भएको थियो ।
पार्टीको एकता महाधिवेशन,यसको आवश्यकता,पार्टीको कार्यदिशा,कार्यक्रम,वर्तमान परिपस्थिती,वर्तमान राज्य सत्ता र यसको आडमा चुलिरहेको भ्रष्टाचार अनियमिता,दलालहरुको रजगज लगायतका विषयमा बक्ताहरुले प्रष्ट पार्नु भएको थियो । राज्य सत्ताको अन्त्य र जनवादी राज्य सत्ताको प्राप्तिको लागि अन्तिम लडाई हुनेमा जोड दिनु भएको थियो ।पार्टीले नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै बैज्ञानिक समाजवादतर्फ अगाडी बढने कार्यभार पुरा गर्नका लागि सही क्रान्तिकारी विचारधारात्मक,राजनीतिक तथा सामरिक कार्यदिशा अगाडी बढाएको नेताहरुले बताउनु भएको थियो ।
राष्ट्रिय एकता महाधिवेशनले सक्षम नेतृत्वको चयन गर्दै क्रान्तिकारी कम्यूनिष्टहरुको जग बसाल्ने र आमुल परिवर्तनका अन्तिम लडाई लडने देश र जनताको मुक्ति दिलाउने संकल्प सहित अगाडी बढेको व्यूरो संयोजक शाहीले उक्त अवसरमा बताउनु भएको थियो ।नेकपा क्रान्तिकारी माओवादी,नेकपा मशाल र नेकपा बहुमत विच एकता भएको थियो ।यी पार्टीको एकता पछि यो एकता महाधिवेशन हुन गइरहेको छ ।

  • १२ आश्विन २०८१, शनिबार प्रकाशित
  • Nabintech