दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस
१२ असोज काठमान्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्।
ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्।