सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत...
१९ साउन नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वमा कार्यरत नेपाली सेनाका एक जवानको आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व...
१९ साउन काठमाडौं । माग्ने बुढाका नामले चर्चित केदार घिमिरेका छोराले पनि फिल्म खेल्ने भएका छन । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।घिमिरेकी पत्नी सीतादेवी तिमल्सेनाले पनि ‘सानो संसार’बाट...
१९ साउन रोल्पा । रोल्पामा गएराति गएको पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो । शुक्रबार राति सुनछहरी गाउँपालिका(४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख...
१९ साउन दाङ। दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का...
१८ साउन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड एनजीअनुत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ...
१८ साउन काठमान्डौ । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गरेको छ । बुधबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा डा मीना थापाले जानकारी दिइन्।साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाजमा १९ जना सवार...
१८ साउन काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार...
१६ साउन बर्दिया । बर्दियामा एक दम्पतीले खोलाबाट दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता भएकी छिन भने उनका श्रीमान गम्भिर घाइते भएका छन । श्रीमान् र श्रीमती आज दिउसो दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी...
१६ साउन जाजरकोट । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिम भएपछि जाजरकोटका १२ परिवारका ६५ जना सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरलो भागबाट पहिरो खस्ने जोखिम बढेकाले...