२६ साउन काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् । उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित...
२६ साउन काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा राष्ट्रिय एकता अभियानको ब्यानरमा प्रदर्शन गरिएको हो ।विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूको भनाइ थियो । प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दुहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई...
२६ साउन सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो । नदीको जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ । भेरी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन एसएमएस अलर्टसमेत जारी गरिएको छ ।
२६ साउन साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै...
२५ साउन काठमाडौं । दरबारमार्गमा भ्वाङ परेको सडकमा खसेर इन्सपेन्टर घाइते भएका छन । टुकुचा छोपेर बनाइएको दरबारमार्ग काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको थियो । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएको बताइएको छ । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका...
२५ साउन बाँके । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गुर्न भएको थियो । प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिनु...
२५ साउन काठमान्डौ । आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । आज नागको फोटो घरको मूल ढोकामा टाँसेर पूजाआजा गर्ने प्रचलन छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दु शास्त्रको मान्यता रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार घरका मूलढोकामा...
२४ साउन बाँके । बाँकेमा विद्यालयको वसले ठक्कर दिदा १ जनाका मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाँउपालिका ९ स्थित ढकेरी सडक खण्डको झिझिरी खोलाको ओरालोमा बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौंडी ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सोहि स्थानका गोविन्द ओलीले ठक्कर दिएको र उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
दीपक शर्मा २४ साउन बर्दिया । बर्दियामा सर्पको टोकाईबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन । बर्दियाको गुलरिया नगरपालिका १ निवासी विष्णु चौधरीका ९ महिनाको छोरा मायरा चौधरीलाई विहिवार विहान ४ वजेतिर आमासंग सुतिरहेको बेला पहिचान नखुलेको सर्पको टोकाइबाट गम्भिर घाइते भई उपचारको क्रममा विहान ७ वजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना...
२४ साउन,बाँके । बाँकेमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ किरणनाला खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।