१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार
बर्दियामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
बर्दियामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
  • न्युज डेस्क

xr:d:DAFFVBvnHc8:8,j:29971813112,t:22070305

१८ असोज बर्दिया । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षिय एक युवालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका ८ घर भएका २० वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले ती बालिकालाई सोही नगरपालिका ६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech