काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो। नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ। जसपा नेपालका...
जाजरकोट । भेरी नगरपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरण गर्न अभियान सुरू गएको छ । नगरभित्रका किशोरकिशोरी तथा यूवाहरुलाई लागुपदार्थ दुर्व्यसन बाट मुक्त गर्न एक्सन सहित अभियानको सुरुवात गरेको हो । जस अन्तर्गत सार्वजनिक स्थलमा रक्सी चुरोट सेवन गरेमा नगरपालिकाले कारवाही गर्ने भएको छ । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो तर पछिल्लो समय लागुपदार्थ दुर्व्यसन...
काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा,...
जाजरकाेट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग...
काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान,...
सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल( एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया,...
जाजरकोट । शैक्षिक शत्र सुरु हुनु अघिनै पाठ्यपुस्तक जाजरकाेटमा आईपुगेको छ । यस बर्ष पनि समयमै कक्षा १ देखी १० सम्मका पाठ्यपुस्तक पुगेको हाे । भर्ना अभियान चलिरहेको वेला पाठ्यपुस्तक जाजरकोटमा विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो । यस बर्ष भने शैक्षिक सुरु हुने अघीनै पाठ्यपुस्क पुगेको हो । एक दुई दिनमा विद्यालयहरुमा ढुवानी...
जाजरकोट । जाजरकोटमा यू-१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू-१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ...
जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पिडितहरुका लागि निर्माण गरिएका २ सय वटा अस्थायि आवासहरु स्थानीय सरकार लाई हस्तान्तरन गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सय वटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरन गरिएको छ । कारितास अष्ट्रेलिया,...