काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि...
जाजरकोट । श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैर-आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छान्रालाई छात्रवृत्ति वितरण गरेको हो । गैरआवसिय जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका...
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको...
जाजरकोट । बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ महिना पुगेको छ । कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा अहिलेसम्म ३४ हजार ७ सय अस्थायी आवास निर्माण गरिएको छ । संघसंस्थाहरुले एक हजार ९५४ अस्थायी आवास निर्माण गरेका छन् भने पालिका वा सरकारी पक्षले ३२ हजार ५२६ अस्थायी आवास निर्माण गरेका छन् । दोस्रो किस्ताका लागि ३८ हजार ६०३ जना भूकम्प पीडितको दोस्रो किस्ताका...
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउदै आएका छन् । उनले कथित अभियन्ताहरूमाथि...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने...
जाजरकाेट । आज मातातीर्थ औँसी , आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति...
जाजरकोट । नक्कली नोटसहित एक महिलालाई पक्राउ गरिएको छ । जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा छेडागाड नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो ।...
जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार देखि प्रिफ्याब भवनबाट सेवा दिन थालेकाे छ । जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको प्रशासनले साेमबार देखी भने प्रिफ्याब भवनबाट सेवा दिन थालेकाे हाे । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय उक्त भवनमा सरेकाे...