२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
दाङमा सर्प महोत्सवको तयारी पुरा
दाङमा सर्प महोत्सवको तयारी पुरा
  • न्युज डेस्क

२ कात्तिक दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ।
मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए।महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए। सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech