२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
विषाक्त मदिरा सेवनका कारण भारतमा २० जनाको मृत्यु
विषाक्त मदिरा सेवनका कारण भारतमा २० जनाको मृत्यु
  • न्युज डेस्क

१ कात्तिक भारत । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको बताए । उनका अनुसार घटनासँग जोडिएका तीनजनालाई पक्राउ गरिएको छ भने आठजनाविरुद्ध जाहेरी दर्ता गरिएको छ ।मृतकमध्ये एकजनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech