२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
हर्क साम्पाङ लन्डनमा कावा मामा ससूरालाई
हर्क साम्पाङ लन्डनमा कावा मामा ससूरालाई
  • न्युज डेस्क

३० असोज विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मामा ससूरा नाता पर्ने वडाध्यक्ष लाई कार्यबहाक मेयरको जिम्मेवारी दिएर आफु लन्डन गएका छन । आफूलाई ‘बाइपास’ गरेर नातेदार वडाध्यक्षलाई कार्यवाहक दिने मेयर हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर आइन्द्रविक्रम बेघाले कानूनी उपचार खोज्ने भएका छन् । साम्पाङले आफू हुँदाहुँदै गैरकानूनीरूपमा वडाध्यक्षलाई जिम्मेवारी दिएको भन्दै अदालत जाने बताए ।

उपप्रमुख बेघाले नगर प्रमुख साम्पाङले कुन दफा र उपदफा बमोजिम कार्यवाहक दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै कानूनतः कार्यवाहक प्रमुख आफू भएको बताए ।धरान उपमहानगरपालिका मेयर साम्पाङले वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर श्रीमती र छोरासहित बेलायत उडिसकेका छन् । फागो हर्कका मामा ससुरासमेत हुन् ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech