२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कालिकोटमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
कालिकोटमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
  • न्युज डेस्क

१ कात्तिक कालीकोट । कालिकोटको एउटा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।
कालिकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको जनाएको छ ।

चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिनुभयो ।गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्षसम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।यसले एकल पुरुषको लागी सहयोग हुने बताइएको छ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech