६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार
बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता
बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० बेपत्ता
  • न्युज डेस्क

१४ असोज काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो ।बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ  ।बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनको भनाइ छ ।सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिनु भयो ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech