२९ भदौ जाजरकोट । जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शनिबार साँझको समयमा भेरी नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीया कोसिला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै परेको चट्याङले घाइते भएकी कोसीलाको उपचारको क्रममा मृत्यु भएको हो ।
२९ भदौ काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट सन् २०२४ को जनवरीदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।डा गौतमका अनुसार, हालसम्म ६१ जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । ती...
२९ भदौ कैलाली । कैलालीमा आएको बाढिले सशस्त्र प्रहरीको बिओपी भवन बगाएको छ । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको जनाइएको छ ।शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर...
२९ पुर्वि रुकुम । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।मृतकको शव हाल गलकोट...
२९ भदौ दाङ । दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका...
२८ भदौ कालिकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको हो । वर्षाको समयमा बाटो खुलेपनि कतिखेर बन्द हुने थाहा नहुने सडक डिभिजनको भनाई...
२८ भदौ कास्की । लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउनको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ ।३ साउनमा प्रहरीले रोल्पा...
२८ भदौ काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन् । फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।
२८ भदौ रुकुम । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । उनले भने, ‘दुर्घटना स्थलमा...
२८ भदौ बर्दिया । बबई नदी खतरा तह पार गरेको छ । लगातारको वर्षाका कारण बर्दियास्थित बबई नदी शुक्रबार बिहान खतरा तह पार भएको बताइएको छ । बबई नदी जलमापन केन्द्रमा जलसतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।